०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – कोहलपुर नगरपालिका–१४ हबल्दारपुरका ३४ घरपरिवार चिडीमारले नयाँ पक्की घर उपहार पाएका छन् ।सुदुरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जनता आवास कार्यक्रमअन्तर्गत त्यहाँका ३४ घर चिडीमारले नयाँ पक्की घर उपहार पाएका हुन् । बराण्डा र शौचालयसहित दुई कोठे नयाँ पक्की घर पाएपछि चिडीमार बस्तीमा उत्सव छाएको थियो । नयाँ घर पाएपछि उनीहरु दङ्ग र प्रफुल्लित छन् ।

“हजुर घाम र पानी नछेल्ने पराले झुप्रामै हाम्रो जिन्दगी बित्यो”, नयाँ घरमा सरेपछि विनोद चिडिमारले भने, “अहिले यी घर पाएपछि हामीलाई हेर्ने पनि सरकार रछ भन्ने लागेको छ ।” “पहिले माटोको घर थियो । सरकारले पक्की घर बनाइदियो”, उनले भने, “हामी खुशी छौं । पक्की घरमा बस्न पाएका छौ ।” पुस्तौँदेखि अशिक्षा, गरिबी, भोक र शोकमै डुब्दै आएका चिडीमारका लागि नयाँ पक्की घर अहिले नसोचेको उपहार बनेको छ ।शहरी विकास तथा भवन कार्यालय, बाँकेले कोहलपुर नगरपालिका–१४ हबल्दारपुरका दुई ठाउँ गरेर ३४ पक्की घर बनाएका छन् । एक ठाउँमा १५ र अर्को ठाउँमा १९ गरी कार्यालयले कूल ३४ नयाँ पक्की घर बनाइदिएको हो । कार्यालयका प्रमुख रामआश्रय शाहले आर्थिक वर्ष २०७६÷७७ मा चिडिमारलाई ६१ घर बनाइदिएको जानकारी दिनुभयो । उहाँका अनुसार कोहलपुर वडा नं १२ मा ३४, १४ मा १५ र १५ नंमा १२ घर बनिसेकका छन् । आर्थिक वर्ष २०७६÷७७ मा सङ्घीय सरकरको सशर्त अनुदानतर्फ ४३ वटा घर बनेका छन् ।

आर्थिक वर्ष २०७७ -७८ का लागि वडा नं १२ मा ११ घर बनाउने सम्झौता भएको छ । कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५-७६ मा ३३ घर बनेका थिए । वडा नं १५ मा १४ र वडा नं १४ मा १९ घर रहेका छन् । शहरी विकास तथा भवन कार्यालय, बाँकेका प्रमुख शाहले बाँके र बर्दियामा प्रदेश जनता आवास समन्वय समितिको निर्णयानुसार एक हजार ३७ र पुरानो सङ्घीय कार्यालयबाट निर्माणाधीन ८२९ गरी एक हजार ८६६ मध्ये एक हजार ३५५ घर बनिसकेको जानकारी दिए । सरकारले एउटा घर बनाउन रु तीन लाख ३६ हजार दिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]