३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी पार्टी नेकपाको दाहाल–नेपाल समूहले आउँदो वैशाख १७ र २७ गते हुने भनिएको चुनावी कार्यक्रम रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरूले सर्वोच्च अदालतको फैसला नआएसम्म चुनावी कार्यक्रम रोक्न आग्रह गरेको हो ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यस्तो अवस्थामा चुनावी प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको दाहाल–नेपाल समूहले जनाएको छ । सर्वाेच्च अदालतको अन्तिम फैसला नआउञ्जेल निर्वाचन प्रक्रियाका कार्यक्रम रोक्न माग गरिएको दाहाल–नेपाल समूह पक्षका नेता लिलामणि पोखरेलले बताउनुभयो ।साथै निर्वाचन आयोगमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सम्बन्धित कागजातको प्रतिलिपि पनि माग गरिएको नेता पोखरेलले बताउनुभयो ।निर्वाचन आयोगले निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावली थपघट रोक्ने र स्थायी प्रकृतिको काम, मतदान केन्द्र टुङ्गो लगाउने प्रारम्भिक काम मात्रै गरिएको र अन्य काममा प्रवेश नगरेको स्पष्ट पारेको नेता पोखरेलले बताउनुभयो । आयोगले आयोगको तटस्थतामा शङ्का नगर्न पनि भनेको छ ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भङ्ग गर्दै चुनावको मिति घोषणा गर्नुभएको थियो । यसको विरोधमा सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएको छ । केपी ओली पक्ष चुनावको तयारीमा जुटेको छ भने प्रचण्ड–नेपाल समूहले विरोधका कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]