०५ फाल्गुण २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – वाग्मती प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले औद्योगिक क्षेत्रस्थित हेटौंडा दुग्ध वितरण आयोजनाको परिसरमा निर्माण हुने शीतभण्डार भवनको शिलान्यास गरेका छन् ।

प्रदेश दुग्घ विकास बोर्ड र दूध विकास संस्थानको संयुक्त लगानीमा हेटौंडा उपमहानगरपालिका वडा नं ८ मा करीब ५७ लाख १२ हजार ४१७ को लगानीमा सो शीतभण्डार निर्माण हुने छ ।आगामी विसं २०७८ वैशाखको पहिलो हप्ताबाट शीतभण्डारलाई सञ्चालनमा ल्याइने प्रदेश कृषि मन्त्रालयका प्रवक्ता डा. शरणकुमार पाण्डेले जानकारी दिए । उनका अनुसार शीतभण्डारको क्षमता १०० मेट्रिक टन रहेकोे छ । सो समारोहलाई सम्बोधन गर्दै कृषि, भूमि तथा सहकारीमन्त्री लामाले मन्त्रालयले गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गर्न लागेको जानकारी दिए ।

सो अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव मतिना वैद्यले प्रदेशको विभिन्न जिल्लामा पाउडर दूधको उत्पादन स्तर गरी अन्तर्राष्ट्रिय बजारसम्ममा प्रतिस्पर्धा गर्न सक्ने बनाउन प्राथमिता दिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]