२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – बजेट असन्तुलनका कारण आर्थिक संकटको अवस्थामा पुगेको प्रदेश १ सरकारले मातहतका कार्यालयलाई खर्च कटौती गर्न परिपत्र गरेको छ । कोरोना महामारीका कारण राजस्व संकलन र बाँडफाँट न्यून भएपछि प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च कटौती गर्न परिपत्र गरेको हो ।

परिपत्रमा मातहतका कार्यालयलाई चियापान र अतिथि सत्कार शीर्षकमा छुट्याएको बजेट पनि खर्च नगर्न भनिएको छ । कात्तिक २ गतेको परिपत्रमा भ्रमण भत्ता, बैठक भत्ता, तालिम भत्ता, कार्यक्रम खर्च, मेसिनरी तथा औजार, फर्निचर, सफ्टवेरलगायत शीर्षकमा छुट्याएको प्रशासनिक खर्च नगर्न भनिएको छ ।स्रोत सुनिश्चितता नभएको योजनाको काम अघि नबढाउन र बहुवर्षीय आयोजनाका लागि बजेट खर्च नगर्न पनि भनिएको छ । आर्थिक भार पर्ने गरी कार्यालयको संरचना र कर्मचारीको दायित्व सृजना नगर्न भनिएको छ । यस्तै बहुवर्षीय आयोजनाका लागि स्रोतको सुनिश्चितता नगर्न र नयाँ आयोजनाको प्रकृया अघि नबढाउन पनि परिपत्र गरिएको छ ।गत ११ पुसमा पदमुक्त भएका प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री शेरधन राईका कारण प्रदेशको बजेट संकटपूर्ण अवस्थामा पुगेको बताएका थिए । मुख्यमन्त्रीले नेतृत्व गरेको भौतिक पूर्वाधार मन्त्रालयबाट स्रोत सुनिश्चितता नभएको शीर्षकमा बजेट खर्च भएपछि वित्तीय असन्तुलन बढेको बताएका थिए ।आर्थिक मामिला तथा योजना मन्त्रीको पदभार ग्रहण गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेशको अर्थव्यवस्था ‘क्रोनिक’ अवस्थामा पुगेको बताएका छन् । संघीयताको मुटु प्रदेश र प्रदेशको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको बताउँदै उनले प्रदेशको अर्थव्यवस्था ‘क्रोनिक’ अवस्थामा पुगेको बताएका हुन् ।प्रदेश सरकारको मुटु पहिलो वर्ष राम्रैसँग चलेपछि दोस्रो वर्षबाट कमजोर हुँदै गएको उनले बताए । ‘चालु वर्षको बजेट पारित भइसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा पाएँ,’ उनले भने, ‘मन्त्रालयका सचिवले चिकित्सकको भूमिका निर्वाह गरिरहनु भएको छ । सफल उपचारपछि सरकार गतिशील बन्छ ।’ आर्थिक मामिला मन्त्रालय कसका कारण यो अवस्थामा आइपुग्यो भन्ने सबै रिपोर्टिङ आफूले पाएको उनले बताए ।

कोरोना महामारीका कारण राजस्व संकलन र बाँडफाँटमा कमी आएका कारण खर्च कटौती गर्न मन्त्रालयले परिपत्र गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरका सूचना अधिकारी ऋषिकुमार खनालले बताए । उनले विभिन्न शीर्षकमा रहेको बजेट खर्च नगर्न भनिए पनि चियापान र अतिथि सत्कार गर्न पाइने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]