१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – चितवन जिल्लामा रहेका २ पालिकामा शिक्षकको दरबन्दी कटौती गरिएको छ ।शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार रत्ननगर र खैरहनी नगरपालिकाका ६२ दरबन्दी काटिएको हो ।कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार खैरहनी नगरपालिकाका ३३ र रत्ननगरका २९ दरबन्दी कटौती गरिएको हो । कटौती गरिएका दरबन्दीहरू कालिका र राप्ती नगरपालिकामा पठाइएको छ ।

इच्छाकामना गाउँपालिकामा सबैभन्दा बढी थप गरिएको छ ।सुवेदीका अनुसार विद्यार्थी संख्याका आधारमा २ नगरपालिकाका थोरै विद्यार्थी भएका विद्यालयबाट दरबन्दी कटौती गरी जिल्लाका अन्य स्थानीय तहमा पठाइएको हो । इच्छाकामना गाउँपालिकामा ३५, राप्ती नगरपालिकामा १५ र कालिका नगरपालिकामा १२ जना शिक्षक थप गरिएको छ ।पहिलो चरणमा खैरहनीका १४ र रत्ननगरका ६ शिक्षकलाई इच्छाकामना पठाइएको छ ।

यसरी मिलानमा पर्नेमा आधारभूत तह ६ देखि ८ कक्षाका शिक्षकहरू रहेका छन् । दरबन्दी मिलान गरी पठाइएका शिक्षकलाई पालिकाले व्यवस्थापन गर्नेछ ।माडी नगरपालिका र भरतपुर महानगरपालिकामा भने पालिका आफैंले आन्तरिक मिलान गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]