२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – संसद् विघटनपछि मुलुकमा देखिएको राजनीतिक अस्थिरताको मौका छोपेर अहिले विभिन्न व्यापारिक फार्मले राजस्व छली गर्ने क्रम बढाएसँगै १ अर्ब ३४ करोड ९६ लाख रुपैयाँ राजस्व छलीको घटना सार्वजनिक भएको छ ।
राजस्व छल्नेविरुद्ध आक्रामक कारबाही थाल्दै आइरहेको राजस्व अनुसन्धान विभागले १ अर्ब ३४ करोड ९५ लाख रुपैयाँ राजस्व छली गर्नेविरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेसँगै एकै दिन त्यति ठूलो परिमाणको राजस्व छलीको घटना सार्वजनिक भएको हो ।

विशेष अनुसन्धानपछि यति धेरै राजस्व छलीमा संलग्न आरोपित विभिन्न व्यावसायिक फार्मका सञ्चालक एवं व्यक्तिविरुद्ध छली भएको राजस्वको परिमाणबराबरकै बिगो असुल गरी जरिमाना र कैद सजायको मागदाबीसहित दुइटा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।झुटा तथा नक्कली मूल्य अभिवृद्धिकर (भ्याट) बीजक प्रयोग गरी १ अर्ब २२ करोड २० लाख १९ हजार १९ रुपैयाँ राजस्व छली गर्ने विभिन्न १३ वटा फार्मविरुद्ध विभागले मुद्दा दायर गरेको छ । बाराको सिमरास्थित न्यु सयपत्री इन्टरप्राइजका प्रोपाइटर विवेक मगरसहित १३ जना सञ्चालक तथा मुख्य करोबारी मनिष कुमारसहित १५ जनाविरुद्ध राजस्व छली भएकै रकमबराबरको बिगो कायम गरी कानुनी कारबाहीका लागि अदालतमा मुद्दा दायर गरिएको हो ।विभिन्न १३ वटा फार्मका सञ्चालक तथा मुख्य कारोबारी मनिष कुमारले कमजोर आर्थिक अवस्था भएका मजदुरहरू र विभिन्न व्यक्तिको नाममा दर्ता भएका १३ वटै फार्मबाट राजस्व छली गरेको पाइएको विभागले जनाएको छ विभागका अनुसार न्यु सयपत्री इन्टरप्राइजेजका प्रोपाइटर मगर र मुख्य कारोबारी मनिष कुमारसहित विभिन्न १३ वटा फार्मले मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ३७ करोड ३६ लाख ६३ हजार १७३ रुपैयाँ, आयकरतर्फ ८४ करोड २९ लाख ८ हजार ७६९ रुपैयाँ र पुँजीगत लाभांश करतर्फ ५४ लाख ४७ हजार ७७ रुपैयाँ राजस्व छली गरेको पाइएको छ ।यसैगरी सर्लाहीका संकित जेनेरल सप्लायर्स प्रालिका सञ्चालक सुबोध साहलाई कुल १२ करोड ७५ लाख ५१ हजार ६१४ रुपैयाँ राजस्व छली गरेको अभियोगमा सोही रुपैयाँ बराबरको बिगो असुलउपर हुने गरी जरिमाना तथा कैद सजायको मागदाबीसहित मुद्दा दायरा गरिएको छ । संकित जेनेरल सप्लायर्सले ७ करोड १८ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर, ७ करोड १८ लाख रुपैयाँ आयकर र १ करोड ५ लाख रुपैयाँ लाभकर छली गरेको विभागले जनाएको छ ।विभागका महानिर्देशक दीर्घराज मैनालीले राजस्व छली गर्नेहरूविरुद्ध जतिसक्दो छिटो कानुनी कारबाही हुने बताए । उनले विभागले गरेको अनुसन्धानले सबै सबुत प्रमाणबाट यति धेरै राजस्व छली भएको कसुर स्थापित भएकाले कारबाहीको प्रक्रिया अघि बढाएको बताए । उनले अनुगमन एवं विशेष सुराकीका आधारमा विभागले एकैपटक यति धेरै राजस्व छलीमा संलग्नको अवैध धन्दा फेला पारी बाहिर ल्याउन सकिएको जानकारी दिए ।राजस्व छलीमा संलग्न व्यवसायीले विभिन्न तरिका अपनाएर राजस्व छल्ने गरेको भेटिएको विभागले जनाएको छ । केहीले वस्तु तथा सेवा उत्पादन र स्थानीय खरिद तथा आयात नगरी बिक्री मात्रै गरेको, भ्याट विवरणमा तथा आय विवरणसमेत दाखिला नगरेको, मालवस्तुको खरिद गरेको भनिएका फार्मलाई बैंकमार्फत भुक्तानी नगरी बीजकको मात्र हस्तान्तरण गरी राजस्व चुहावट गरेको पाइएको अनुसन्धानको क्रममा पुष्टि भएको विभागको दाबी छ । उनीहरूविरुद्ध बिगो दाबी असुल्न र बिगोको दोब्बर जरिमाना एवं कैद सजायको माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार अब ती व्यक्ति तथा फार्ममाथि राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २ बमोजिम राजस्व चुहावट गरेको कसुरमा कारबाही हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]