०४ चैत्र २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – पाँचथरको कुम्मायक गाउँपालिकामा भएको आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।कुम्मायक गाउँपालिका वडा नम्बर १ का तेजबहादुर थापाको गोठबाट सल्किएकाे आगाेले दुई वटा घर जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीबाट तेजबहादुर थापाको फुसको छानो भएको तीन तले घर, दुई तले भान्छा घर, एक तले गाेठ, नगद, गरगहना र अन्नपात समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनुभयो ।

यस्तै आगलागीबाट डिकबहादुर थापाको फुसको छानो भएको तीन तले घर, एक तले गाेठ, एउटा भेडा, नगद, गरगहना र अन्नपात समेत जलेर नष्ट भएकाे छ । स्थानीयवासी र इलाका प्रहरी कार्यालय यासोकबाट गएको टोलीले आगलागी भएको ३ घण्टापछि आगाे नियन्त्रणमा लिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]