२० आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – तेस्रो टेस्टका दौरान भारतीय खेलाडीमाथि दर्शकले रंगभेदी टिप्पणी गरेको आरोपमा अस्ट्रेलियाको क्रिकेटको नियमाक निकायले माफी माग्दै यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सिड्नीमा भइरहेको तेस्रो टेस्टको खेलका क्रममा शनिबार जसप्रित बुमराह र आइतबार मोहम्मद सिराजले आफूहरुमाथि रंगभेदी टिप्पणी भएको आरोप लगाएका थिए । आइतबार सो घटनाका कारण १० मिनेट खेल रोकिएको थियो भने ६ जना दर्शकलाई सिड्नी क्रिकेट मैदानबाट बाहिर पठाइएको थियो ।

क्रिकेट अस्ट्रेलिया (सीए) र न्यू साउथ वेल्स प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । भारतले शनिबार नै रंगभेदी टिप्पणीबारे खेलका रेफ्री डेभिड बुन र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई जानकारी गराएको थियो । आईसीसीले यस विषयको अनुसन्धानमा क्रिकेट अस्ट्रेलियालाई सहयोग गर्ने बताउँदै दुई हप्ताभित्र यसबारे रिपोर्ट पेस गर्न सीएलाई निर्देशन दिएको छ । सीएका अधिकारी सीन क्यारोलले रंगभेद अस्ट्रेलियाको क्रिकेटमा स्वीकार्य नभएको बताउँदै दोषीको पहिचान गरी कारवाही गरिने स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]