२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो पार्नुपर्ने आवस्यकता औंल्याउनुभयो ।

पूर्वराजा शाहले अहिलेको नेपालको राजनीति इमानदारी र जनहितमा आधारित नभएको पनि दाबी गर्नुभयो । राजगद्दी त्यागेर आफूले उच्च साहस र इमानदारी दर्शाएको बताउँदै उहाँले अहिलेको व्यवस्थाप्रति असन्तुष्टि समेत जनाउनुभएको छ । पूर्वराजा शाहले देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरूले सक्रिय भूमिका निर्वाह गरेको दाबी गर्नुभयो । संवैधानिक राजतन्त्रको मर्यादाअनुरूप व्यवहार भएको र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी पनि दर्शाएको जिकिर गर्नुभयो । अहिले देशले व्यहोरेको राजनीति क्षतिको समीक्षा गर्न विलम्ब भएको उहाँको भनाइ छ ।

पूर्वराजा शाहले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै बाह्य शक्ति बढाउने र इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप नेपालमा भित्रिएको आरोप लगाउनुभयो । पूर्वराजा शाहले हिजो पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै पृथ्वीनारायण शाहको मार्गदर्शन नेपालको अस्तित्व रक्षा, एकता र समृद्धि लक्षित भएको बताउनुभएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]