२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – बानेश्वरको सिभिल अस्पतालमा विरामी कुरुवाको मोबाइल चोरेर ई–बैंकिङमार्फत लुटपाट भएको छ । गत ९ पुसमा सुशीलकुमार प्याकुरेल श्रीमतीलाई उपचार गराउन गाइनो वार्डमा बसेर राति निदाएका बेला मोबाइल लगेर लुटपाट भएको हो ।

प्रकरणमा संलग्न दुई जनालाई महानगरीय प्रहरी वृत्त, बानेश्वरले शुक्रबार पक्राउ गरेको छ । बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा सप्तरी घर भइ बानेश्वर बस्ने सुरेन्द्रप्रताप कुशवाह र भिमसेनगोला घर भइ ललितपुरको गोदावरी बस्ने पालसाङ लामा छन् ।बस्नेतका अनुसार चोरी अभियोगमा पटकपटक पक्राउ परेर छुटेका कुशवाहले प्याकुरेल निदाएको बेला चार्जमा राखिएको मोबाइल चोरी गरेका थिए । र, मोबाइल खोलेर ई–बैंकिङको पासवर्ड रिसेट गरी दुई लाख ४ हजार रुपैयाँ ९८१७८०९०८८ नम्बरको ई–सेवामा लोड गरेका थिए ।‘जम्मा रकममध्ये एक लाख एनआईसी एसिया बैंकमा रहेको लामाको खातामा ट्रान्सफर गरेको देखिएको छ’, बस्नेतले अनलाइनखबरसँग सुनाए, ‘पेशाले इलेक्ट्रिकल इञ्जिनियर रहेका उनले पनि कुशवाहको चोरी धन्दामा साथ दिने गरेको पाइएको छ ।’

प्रहरीका अनुसार लामाले चोरीका ल्यापटप लगायतका सामग्रीको पार्टपुर्जा निकालेर बिक्री गर्न सघाउने गरेको पाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]