
सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा थापाथली इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले क्याम्पस क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले विरोध स्वरुप गाडाको बिम्ब बनाएका छन् । उनीहरुले ओलीको पहिलाको भनाईलाई बिम्बात्मक रुपमा प्रयोग गरी ‘नेपालदेखि सिधै अमेरिका’ लेखेका छन् । सडकमा कडा सुरक्षा भएकाले विद्यार्थी क्याम्पस प्राङ्गणमै विरोधमा उत्रिएका हुन् । उनीहरुले प्रधानमन्त्री ओलीको पुत्ला समेत जलाएका छन् ।