२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ ले केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरी संविधान च्यात्ने काम गरेको आरोप लगाएकी छिन् । शनिबार मकवानपुरको प्रतिनिधिसभा २ को ‘क’ अन्तर्गत थाहा नगरको बज्रबाराहीमा भएको विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरि संविधान च्यात्ने काम गरेको आरोप लगाएकी हुन् ।

उनले ओली सरकारमा भष्टाचारीहरुको झुण्ड बनाएर बसेको र ओलीले कम्युनिष्ट लुटेर खाने पार्टी भएको प्रमाणित गरेको बताइन् । ‘कम्युनिष्ट पार्टी सर्वसत्यबादी बनेको छ,कम्युनिष्ट भनेको अलोकतान्त्रिक पार्टी हो, काण्डै काण्डको पार्टी हो, अब कम्युनिष्ट पार्टीलाई जनताले लखट्ने समय आएको छ’, डिनाले भनिन् । उनले कम्युनिष्टहरुको एक अर्कोको जुँगाको लडाईले देशलाई भंगालोमा हाल्ने काम गरेको पनि बताइन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।

सोही अनुरुप कांग्रेस मकवानपुरले प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ अन्तर्गत मकवानपुरको छतिवनमा, १ को प्रदेश सभा ‘ख’ अन्तर्गत हेटौंडाको बुद्धचोक, प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ अन्तर्गत थाहानगरको बज्रबाराही र प्रदेश सभा ‘ख’ अन्तर्गत मनहरी बजारमा विरोधसभा गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]