२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङका पहिरो पीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन भएको छ । गत असार २५ र २६ गतेको पहिरोका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि वडा कार्यालयले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सङ्कलित रकमबाट २१ रोपनी जग्गा व्यवस्थापन भएको हो ।

वडाध्यक्ष राजाराम सुवेदीले थप छ रोपनी जग्गा प्राप्तिको प्रक्रियामा रहेको बताए । आरबाङको अस्कारेमा १२ रोपनी र राम्चेमा ११ रोपनी जग्गा खरीद गरिएको सुवेदीले बताए ।प्रतिरोपनी रु दुई लाखका दरले जग्गा खरीद गरिएको छ । १० आनाभन्दा कम जग्गा दाताले निःशुल्क दिएका छन् । करीब रु ६० लाख सङ्कलन भएको कोषबाट जग्गा खरीदमा रु ३८ लाख ५० हजार खर्च भएको छ । टेलिभिजन कार्यक्रम इन्देणी समूहले उपलब्ध गराएको रु २७ लाख पनि कोषमा राखिएको थियो । स्वदेश तथा विदेशमा भएका मराङवासीले कोषमा सहयोग जुटाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]