२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २४, २०७७

सप्तरी – रौतहट जिल्लामा प्रहरीले विगत पाँच महिनाको अवधिमा झण्डै दुई करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ भने भन्सार छलीमा संलग्न तस्करलाई समेत कारवाहीको दायरामा ल्याएको छ ।
रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहको सक्रियतामा छोटो अवधिमै तस्करी रोकथाम तथा नियन्त्रणमा प्रहरीले उल्लेख्य सफलता पाएको हो ।

यस क्रममा आर्थिक प्रलोभनमा परेर तस्करसँग साँठगाँठ गर्ने केही प्रहरीलाई समेत कारवाहीको दायरामा ल्याइएको एसी शाहले बताए ।
गत साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा तस्करहरुले अवैधरुपमा भित्र्याएको एक करोड ९१लाख ५२ हजार ८२ रुपैयाँ बराबरको सामान जिल्लाको विभिन्न स्थानबाट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उक्त सामान तस्करीमा संलग्न २७ जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पठाईएको एसपी शाहले जानकारी दिए ।
सोही अवधिमा तस्करीको मालसामान ओसारपसार गर्न तस्करले प्रयोग
गरेको तीन थान ट्रक, एक थान पिकअप, एकथान ट्याक्टर, २० थान मोटरसाईकल, १६ थान साईकल गरी कुल ४९ थान सवारीसाधन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
सो अवधिमा आर्थिक प्रलोभनमा परेर तस्करसँग साँठगाँठ गरेका पाँचजना प्रहरीको बढुुवा रोक्का गर्नुका साथै नसिहतको सिफारिस गरेको एसपी शाहले जानकारी दिए ।

गत आर्थिक वर्षमा ४७ जना फरार अभियुुक्त पक्राउ गरेको रौतहट प्रहरीले चालु आर्थिक वर्षको ५ महिनामा २६ जना त्यस्ता अभियुक्तलाई पक्राउ गरेको छ । उनीहरुबाट कुल ८० लाख ५७ हजार रुपैयाँ राजस्व असुल तथा १२ वर्ष ७ महिना ६ दिन कैद भुुक्तान असुल भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]