२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २०, २०७७

सप्तरी – त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन स‌ंस्थानको ३३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । विज्ञान तथा प्रविधि अध्ययन स‌ंस्थान डीनको कार्यालयको ३३ औँ वार्षिकोत्सव अध्ययन संस्थानका डीन प्रा‍.डा. विनिल अर्यालको सभापतित्वमा सम्पन्न भएको हो ।

उक्त वार्षिकोत्सबमा अध्ययन संस्थानमा लामो समय सेवा पुर्याएका कार्यालय सहायक मीना श्रेष्ठ तथा कार्यालय सहयोगी वासुदेव थापालाई दोसल्ला ‍‌ओढाई कदरपत्रले सम्मान गरिएको छ । उक्त कार्यक्रममा पूर्व डीन रामप्रसाद खतिवडालाई सभापतिले उपहार पनि प्रदान गरेका थिए । त्यस्तै कार्यक्रममा अध्ययन स‌ंस्थानका कर्मचारी सङ्घका सभापति मुकुन्दप्रसाद अर्यालले कर्मचारी तथा भवनको समस्याका बारेमा बोलेका थिए । मन्तव्यका क्रममा सहायक डीन खगेश्वर मण्डलले कार्यालयको अवस्था र कामले नै सबैले प्रशंसा पाउने बताए । कार्यक्रममा पूर्व डीन रामप्रसाद खतिवडाले कार्यालय सञ्चालनमा मुख्य भूमिका कर्मचारीकै हुने र आफु डीन हुँदाको अनुभव सहित यस डीन कार्यालय व्यवस्थित गर्न गर्नुपर्ने कुरा गर्ने उल्लेख गरे ।

त्यस्तै डीन प्रा.डा. विनिल अर्यालले आफूले सबैको सल्लाह र सहयोगले काम गर्दै जाने बताए । स‍ंस्थानका मुख्य कार्यालय सहायक उपेन्द्र सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]