२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २०, २०७७

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेकी छन् । उनले प्रधानमन्त्री ओली उखान टुक्का र कमेडीमै रमाउने गरेको भन्दै देश कमेडीले होइन, सोचले बन्ने बताइन् । सोमबार चितवनको भरतपुरमा आयोजित प्रचण्ड–नेपाल समूहको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो’ झाँक्रीले भनिन्, ‘देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ । सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन ।’ सत्तरी करोडको डिल भएको अडियो सार्वजनिक भएर भ्रष्टाचारमा मुछिएकालाई काखी च्याप्ने प्रधानमन्त्रीले भ्रष्टाचार हुन नदिने भन्नु नै हास्यास्पद भएको उनको भनाइ थियो । बाँचुन्जेल शक्तिमा रहन प्रधानमन्त्री ओलीबाट संसद विघटन भएको बताउँदै उनले भनिन्, ‘संसद विघटन जघन्य राजनीतिक अपराध हो । संविधानले यो अधिकारै दिँदैन । संसद विघटन राजनीतिक प्रश्न हो, सडकबाटै यसको छिनोफानो हुनेछ । संसद विघटन संवैधानिक प्रश्न होइन, कानुनी प्रश्न हो । सर्वोच्चको फूल बेन्चमा यसलाई हेर्नु पर्छ ।’

केपी ओली र विद्या भण्डारीको सर्वसत्तावादविरुद्ध अगाडि बढ्न आह्वान गर्दै उनले भनिन्, ‘केपी कमरेड तपाइँको राजनीति रसातलमा पुग्यो । तपाइँसँग सेना, प्रहरी सबै छन् तर तपाइँ कानुन मान्नु हुन्न । हामी मान्छौँ । सक्नुहुन्छ भन्ने थुन्नुहोस् हामीलाई । राजालाई त लखेट्यौँ, संसद पुनस्र्थापना त होस्, विघटन गर्नेहरुमाथि पनि हिसाबकिताब हुनेछ ।’ओली समूहबाट म्यादी केन्द्रीय सदस्य थप्ने काम भएको भन्दै उनले यसरी पार्टी बन्नै नसक्ने पनि ठोकुवा गरिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]