२१ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

सप्तरी – अमेरिकामा रिपब्लिकन सिनेटरहरु राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने अन्तिम प्रयासमा लागेका छन् ।नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार स्वीकार्नु भएको छैन । नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्ने दिन जनवरी २० तारिख नजिकिँदै गर्दा रिपब्लिकन सिनेटरहरु आधिकारिकता नदिने अन्तिम प्रयासमा लागेका बीबीसीले जनाएको छ ।

ट्रम्पको आरोपलाई पछ्याउँदै जिम्मेवारीमा रहेका तथा नवनिर्वाचित केही रिपब्लिकन सिनेटरहरुले इलेक्टोरल कलेज मत सदनबाट हुने प्रमाणीकरणमा नमान्ने बताएका खबरमा उल्लेख छ। टेड क्रुजको नेतृत्वमा ११ सिनेटर तथा निर्वाचित सिनेटरहरुले चुनावमा धाँधली भएको आरोप सम्बन्धमा आयोग गठन नगरिएसम्म जो बाइडेनको जितलाई प्रमाणीकरण नगर्ने बताएका छन् । उनीहरुले सदनबाट हुने प्रमाणीकरणका लागि १० दिन ढिलाइ गरिनु पर्ने बताएका खबरमा उल्लेख छ ।

सदनले जनवरी ६ मा बाइडेनको जितलाई प्रमाणीकरण गर्ने तालिका छ । टेड क्रुजसहितका ११ सिनेटर तथा निर्वाचित सिनेटरहरुले अवरोध गर्ने बताए पनि त्यसले सफलता पाउने सम्भावना भने छैन ।हार स्वीकार नगरेका राष्ट्रपति ट्रम्पको कानुनी प्रयासहरुलाई भने अदालतहरुले खारेज गरिदिएसकेका छन् । बाइडेन तीन सय छ इलेक्टोरल कलेज मत पाएर विजयी बन्नुभएको हो । ट्रम्पले २३२ इलेक्टोरल कलेज मत मात्रै प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]