
सप्तरी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको राजधानी देउखुरीमा अन्तर्राष्ट्रिय स्तरका संरचना बनाउने गरी कामको थालनी भएको बताउनुभएको छ ।घोराहीमा भएको कार्यक्रममा मन्त्री पोखरेलले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीलाई अहिले भएका राजधानी भन्दा विशिष्ट खालको अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि चीन सरकारसँग सहकार्य भएको पनि जानकारी दिनुभयो ।
प्रदेशको राजधानीको लागि आवश्यक पर्ने भौतिक निर्माणका लागि चीनसहितका अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग छलफल भइरहेको र कोभिडको असर कम हुनासाथ देउखुरीमै आएर भौतिक निर्माणको काम शुरु गर्ने बताएको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।
‘प्रदेश राजधानीलाई व्यवस्थित योजनाका साथ अत्याधुनिक शहर बनाउने योजनामा लागेका छौँ, काठमाण्डौका मानिसहरुलाई राजधानी भनेको यस्तो पो हुनपर्छ भनी हेर्न आउने बनाउँछौँ’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो।प्रधानमन्त्रि केपीशर्मा ओलीको कुटनितिका कारण चीन र भारत दुवै देशले अहिले नेपालको रेल पूर्वाधार निर्माणमा प्रतिस्पर्धा गरिरहेको मुख्यमन्त्री पोखरेलको दाबी छ ।