२१ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष १८, २०७७

सप्तरी – प्रदेश १ प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै प्रदेश १ ले फाइनलमा स्थान बनाएको हो । दाङको लमही स्थित रहेको देउखुरी क्रिकेट मैदानमा लुम्बिनीले प्रदेश १ लाई दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८ ओभर ५ बलमा विना विकेटको क्षतिमा ५५ रन पूरा गरेको हो ।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २६ रनको योगदान गरिन् । त्यस्तै काजल श्रेष्ठले २२ रनको योगदान गरिन् । बलिङतर्फ भने लुम्बिनीका लागि कुनै पनि बलरल विकेट हात पार्न सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले १४ ओभरमा १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ५२ रन बनाएको थियो ।
लुम्बिनीका लागि नितु भण्डारीले २१ रन बनाउन सफल भइन् । त्यस बाहेकका खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ प्रदेश १ का लागि संगिता राई र निग्मा तामाङले समान दुई–दुई विकेट लिन सफल भइन् । त्यस्तै रुविना क्षेत्रीले एक विकेट लिन सफल भइन् । फाइनलमा प्रवेश गरेसँगै प्रदेश १ ले एपीएफसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ । एपीएफ भने सुदूरपश्चिम प्रदेशलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]