२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन २६, २०७९

काठमाडौं – सरकारले बोतल र जारको पानीको मूल्य तोकिदिएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको मूल्य ४७ र एक लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ तोकिदिएको हो। यद्यपि विभागले नै जारको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ तोकेको थियो। अहिले ३ रुपैयाँ घटाएर मूल्य निर्धारण गरेको हो। विभाग आफैले गरेको एक अध्ययन अनुसार उद्योगले एक जार पानी औसत २५ रुपैयाँ पर्छ। फेरि सरकार आफैले मूल्य निर्धारण गर्दा प्रति जार ४७ रुपैयाँ उपभोक्ता मूल्य तोकिदिएको हो।

यस अघि २०७७ सालमा सर्वसाधारणका लागि अधिकतम मूल्य ५० रुपैयाँ निर्धारण गरेको थियो। त्यस अघिसम्म सर्वसाधारणले एक जार पानी किन्दा औसतमा ३५ देखि ४० रुपैयाँ तिरिरहेका थिए।

विभागले काठमाडौं उपत्यकामा २० लिटरको जार पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, उपत्यकामा १ लिटरको बोटलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ कायम गरेको छ।

विभागले सार्वजनिक गरेको मूल्यमा २० लिटरको जारको मूल्य घटाए पनि एक लिटरको बोटलमा भने मूल्य यथावत नै राखेको छ। त्यस्तै उपत्यका बाहिर एक जार पानीको अधिकतम मूल्य ६० रुपैयाँ र १ लिटरको बोटलको मूल्य २० रुपैयाँ कायम गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]