
सप्तरी – सप्तरीमा सशस्त्र प्रहरीद्वारा ठुलाे परिणाममा गाजा बरामद गरेका छन ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा पछिल्लोपटक अवैध गाजा तस्करीको प्वान्ट बनेकाे अवस्थामा सशस्त्र प्रहरीले ७ महिनाकाे अबधिमा तीन पटक सम्म गरि ठुलाे परिणाममा गाजा बरामद गर्न सफल भएको छ । नेपालबाट अवैध रुपमा चाेरि छुपि भारततर्फ तस्करि गरि लगिदै गरेकाे अवस्थामा सशस्त्र प्रहरीले ठुलाे परिणाममा गाजा बरामद गरेकाे हाे ।
साेहि क्रममा हनुमाननगर कङ्कालिनि नगरपालिका वडा न.१ स्थित काेशि ब्यारेजबाट आइतबार बिहान ९ पाेका अर्थात् २४० किलाे अवैध गाजा बरामद गरेकाे छ । सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प भारदहका सशस्त्र प्रहरी निरिक्षक उमेश कुमार आलेकाे कमान्डमा खटिएको सशस्त्र प्रहरीकाे माेबाइल गस्ति टाेलिले चेकचाज गर्ने क्रममा विशेष सुचनाकाे आधारमा उक्त ठुलाे परिणाममा गाजा बरामद गरेकाे सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिए ।
खडकाका अनुसार पछिल्लोपटक प्रदेश न. १ काे सुनसरि र प्रदेश न.२ काे सप्तरीमा अवैध गाजा तस्करहरु सकृय रहेकाे अवस्थामा सिमावर्ति नाकामा चेकजाचमा कडाइ गरेपछि उक्त ठुलाे परिणाममा गाजा बरामद भएको जानकारी दिए । त्यस्तै पछिल्लो ७ महिनाकाे अबधिमा सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१ स्थित काेशि ब्यारेजबाट झण्डै तीन पटक गरि कुल ४९० किलाे गाजा बरामद गरेकाे सशस्त्र प्रहरी उपरीक्षक खडकाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडका आएदेखि हालसम्ममा सप्तरीबाट झण्डै १३ कराेड मूल्य बराबरको गाजा बरामद गर्न सफल भएको छ । यस्तै गत असार ७ गतेमा जिल्लाकाे हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१ स्थित काेशि ब्यारेजबाट १० लाख २८ हजार मूल्य बराबरकाे झन्डै १७५ किलाे अवैध गाजा बरामद गरिएको थियाे । पुर्व पश्चिम लाेकमार्ग अन्तरगत पुर्वबाट पश्चिम तर्फ जादै गरेकाे काे.१ ख २९२५ नम्बरको मिनि ट्रकलाई पक्राउ गरेका छन ।