
सप्तरी – सप्तरीको तिलाठी कोईलाडी गा पा स्थित कोशी नहरको छेउ बाट एक पुरषको लास फेला परेको छ ।
सप्तरीको तिलाठी कोईलाडी गा पा ८ तोपा उत्तरमा ,दक्षिणमा राजबिराज न पा १४ पर्साही बिच
स्थितमा रहेको कोशी नहरको १३ नं.गेटको उत्तरबाट पहिलो गेटमा नामथर वतन नखुलेको अन्दाजी बर्ष ५०/६० को एक व्यक्तिको लास फेला परेको हो ।
मृतक अवस्थामा फेला परेको मृतक लासको कानुन बमोजिमको प्रकृया पुरा भई पोष्ट मार्टमको लागी गजेन्द्र नारायण सिंह अस्पतालको शव गृहमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।