
सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं.५ मुसहरी टोल बस्ने रामउदगार सदाको पोखरीमा डुबी मृत्यु भएको छ ।
लुराई सदाको छोरा रामउदगार सदा घर बाट तेल लिन भनि निस्केको र मादक पदार्थ सेवन गरी माझी पोखरीमा डुबी मृत्यु भएको अवस्थामा स्थानिय बसीहरुले जानकारी गराए ।
यता आफन्तहरुले पोखरी बाट उक्त लाश निकाली घरमा ल्याई राखिएको भन्ने प्रहरीमा खबर हुनासाथ उक्त घटनास्थलमा प्रहरी अनुसन्धान टोली खटी गई मृतक लासको सम्बन्धमा कानुन बमोजिम गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिए ।