
धनगढी- बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। शनिबार जिल्लाको जगन्नाथ गाउँपालिका-४ बगउरा भन्ने ठाउँमा सु प प्र ०१–००२ त ५०९३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जगन्नाथ-४ कै उजली भण्डारी, विमला धराला र जगत भण्डारी घाइते भएका प्रहरीले जनाएको छ। उनीहरू तीनै जनाको कोल्टी स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।