२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, आषाढ ०३, २०७९

झापाको काकडभिट्टा नजिकैको पश्चिम बंगालस्थित पानीट्यांकीमा भारतीय रेलले ठक्कर दिँदा एक नेपाली युवकको मृत्यु भएको छ।

बिहीबार साँझ झापाको मेचीनगर नगरपालिका-६ काकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठलाई रेलले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। पानी ट्यांकी काकडभिट्टा नकिजै मेची नदी पारीको भारतीय बजार हो।

बिहीबार साँझ साढे ७ बजे भारतीय बजारबाट घर फर्किंदै गर्दा रेलको बाटो क्रसिङ गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको हो।

नेपाली युवकको शव अहिले भारतमै छ। घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]