२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ २४, २०७९

सप्तरी – सप्तरीको रुपनी गाउँपािलका–५ मुसहरनियाँ बसविट्टीमा मंगलबार विङ्गर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

राजविराज–रुपनी सडक खण्डमा राजविराजतर्फ आउँदै गरेको प्र ३–००१ ज ०२७७ नम्वरको विङ्गर अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परेर रुपनी गाउँपालिका–१ नकटीरायपुरका ६८ वर्षीया तारावतीदेवी यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी यादवको उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविारज ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा रुपनी–२ की ३० वर्षीया निर्मला देवी मण्डल, ३ की ३२ वर्षीया गौरी मण्डल र ३ कै ३४ वर्षीय रामा कुमार साह घाइते भएका छन् ।

त्यस्तै, दुर्घटनामा जिल्लाको शम्भुनाथ नगरपालिका–६ कठौनाका ४५ वर्षीया बिलेवती देवी साह, वठा नम्वर ११ का ५६ वर्षीय रामनरायण चौधरी, डाक्नेश्वरी नगरपालिका–१ की ३३ वर्षीया लिला देवी सदा, सोही ठाउँका ३४ वर्षीय धर्मेन्द्र सदा घाइते भएका छन् ।

त्यस्तै, सिरहाको कर्जनहा नगरपालिका–८ का ३६ वर्षीय ओमनरायण पासवान, उनकी ३१ वर्षीया पत्नी ईन्द्र देवी पासवान र उनका ७ वर्षीय छोरा आनन्द पासवान घाइते भएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

घाइते सबैको गजेन्द्रनारायण सिंह अस्पतालमै उपचार भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]