
झापा मेचीनगर नगरपालिका – १० धुलाबारीचोकमा रहेको पाथिभरा इलेक्ट्रोनिकमा अहिले आगलागी भइरहेको छ । आगो नियन्त्रणमा लिन मेचीनगर, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन् ।
यद्यपि, आगो नियन्त्रणमा आएको छैन । मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाका अनुसार सो पसल निलचल पण्डाको हो । त्यहाँबाट महङ्गा इलोक्ट्रोनिक समानको व्यापार हुन्थ्यो ।
पसल पुरै जलेकाले करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीको कारण खुल्न सकेको छन् ।