
रोहिणी खोलामा यात्रुवाहक बस खस्दा मृत्यु भएका ५ मध्ये ४ जनाको सनाखत भएको छ ।
भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुरÞ्याइएका २० घाइतेमध्ये ५ जनाको मृत्यु भएको थियो ।
अस्पताल श्रोतका अनुसार, पहिचान हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहटका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल छन् ।
भीम अस्पतालमा मृत्यु हुने चार जनामध्ये रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ ।
हाल उपचाररत रहेका २४ जना यात्रुमध्ये १६ जनाको अवस्था गम्भीर छ । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिबस बिहान साढे ४ बजे पुलबाट खस्दा दुर्घटनामा परेको थियो ।
के कारणले दुर्घटना भएको हो भन्ने बारेमा कारण खुल्न सकेको छैन । अधिकांशले घाइते यात्रुले दुर्घटनाको बेलामा आफू निदाएको बताएका छन् ।