२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १८, २०७९

मंगलबार साँझ ७ बजे पालुङटार नगरपालिका वडा नम्बर ४ रानीटारमा स्थानीय दुई जनालाई चितुवाले आक्रमण गरेको थियो।

चितुवाको आक्रमणबाट स्थानीय बासिन्दा घाइते भएको खबर पाएपछि पुगेका प्रहरीलाई पनि आक्रमण गरी घाइते बनाएको छ।

प्रहरी सहायक हवल्दार सुनिल रायमाझी, पालुङटार ४ का ४४ वर्षीय केशरबहादुर नेपाली र १६ वर्षका अभिषेक भण्डारीलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ।

उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ। उपचारपछि उनीहरू घर फर्केको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

जिल्ला वन कार्यालय र प्रहरी टोलीले आक्रमण गर्ने चितुवाको खोजी सुरू गरेका छन्। यसैबीच इलाका प्रहरी कार्यालय पालुङटारले यस आसपासका क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई साँझपख र रातका बेला सुरक्षित रूपमा बस्न आग्रह गरेको छ।

चितुवा देखेमा प्रहरीलाई खबर गर्नसमेत इप्रकाले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]