२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १७, २०७९

ललितपुरको गोदावरी नगरपालिकामा एक जनाको शव भेटिएको छ ।

गोदावरी नगरपालिका–६ लेले पीआईए पार्कनजिकै सडकबाट १० फिट तल ढल खनेको स्थानमा शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

मृत्यु हुनेमा गोदावरी–११ चापागाउँका ३४ वर्षीय विज्ञान देशार रहेको परिसर प्रवक्ता एवं प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

उनका अनुसार देशारको शवसँगै उनैले चलाएको मोटरसाइकल पनि ढल खनेको खोँचमा भेटिएको छ ।

आइतबार राति १० बजे नजिकैको होटलमा खाना खाइसकेर जाने क्रममा मोटरसाइकलसँगै देशार ढल खनेको स्थानमा खसेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रहरीले पनि प्रारम्भिक अनुसन्धानमा दुर्घटनाकै कारण उनको मृत्यु भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]