२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १६, २०७९

प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले गैरव्यवसायिक आचरण देखिएको भन्दै कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।

कुर्मीलाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा कार्यरत रहेका बेला कुर्मीले गैरव्यवसायिक काम गरेको दाबी गरिएको छ ।

प्रारम्भिक छानबिनपछि कुर्मीलाई निलम्बन गरिएको थियो । एसएसपी कृष्णकुमार महत संयोजकत्वको छानबिन समितिले घटनाको छानबिन गरेर प्रतिवेदन बुझाएको थियो ।

प्रहरी निरीक्षक कुर्मीमाथि प्रहरीसहित सरकारी निकायका कर्मचारीहरूलाई धम्क्याएर पैसा असुलेको आरोप लागेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]