२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १६, २०७९

काठमाडौं– मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा पर्सा प्रहरीले आइतबार ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–८ स्थित एक रेस्टुरेन्टमा काम गरी बस्ने मोरङ कटहरी गाउँपालिका–४ ठेगाना भएका २५ वर्षीय सुरज कुमार साह, वीरगंज महानगरपालिका–१६ फुलबारी टोल डेरा गरी बस्ने जुम्ला हेमा गाउँपालिका–३ जोगीवडा टोलका ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगंज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालिका संखुवासभाको खाँदवारी नगरपालिका–१० घर भएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) रहेका छन्।

प्रहरीका अनुसार सुरज कुमार साहले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाइ वीरगंज बोलाएका थिए। वीरगंजको बसपार्कस्थित एक होटलमा लगि पटकपटक करणी गरेपश्चात् जेठ ९ गते वीरगंज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालिका लक्ष्मी बुढाथोकीको जिम्मा लगाइ आफू त्यहाँबाट भागेका थिए।

जेठ १० गते लक्ष्मी बुढाथोकीले ‘विवाह गर्छु’ भनी झुक्याई हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाएको र योगीले पीडितलाई आफ्नो कोठामा लगि मानसिक र शारीरिक यातना दिएर पटकपटक जबरजस्ती करणी गरी बाहिर निस्कन नदिएर राखेको अनुसन्धानबाट खुल्न आएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

उनीहरू उपर जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]