२५ चैत्र २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १६, २०७९

बाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।
सोमबार दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

यही वैशाख १३ गतेदेखि वाग्मती प्रदेशसभाको दशौँ अधिवेशन सुरु भएको छ । यो बजेट अधिवेशन हो ।
चालु अधिवेशनको दोस्रो दिन शनिबार दुई बैठक सञ्चालन भएका थिए । पहिलो बैठकमा प्रदेश सरकारको आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो ।

सोही दिनको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा प्रदेशसभा सदस्यले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]