२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १४, २०७९

अहिले (शनिबार) देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार पछिल्लो एक घण्टायता गोरखा, तनहुँको बन्दीपुर, भरतपुर विमानस्थल, मकवानपुर, चितवनको रामपुर, काठमाडौं विमानस्थल, र सर्लाहीलगायत क्षेत्रमा वर्षा भइरहेको छ।

‘काडमाठौं उपत्यकामा पनि अपराह्नपछि मेघगटर्जन/चट्याङसहित वर्षाको सम्भावना छ’, महर्जनले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘हावाहुरी पनि आउन सक्छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वाुनमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का देखिमध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोका आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]