२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ १३, २०७९

सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई हैरानी र चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्रहत्या गरेको आरोपमा प्रहरी जवान समेत पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पक्राउमा रौतहटको दुर्गा भवानीपुर गाउँपालिका वडा नम्बर ४ घर भइ प्रहरी चौकी बटेश्वर धनुषामा कार्यरत प्रहरी जवान कृष्ण कुमार यादव पक्राउ परेका हुन् । उनलाई जेठ ११ गते पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट बिहीबार ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोको भनाइ छ ।

त्यसैगरी विराटनगर महानगरपालिका वडा १७ घर भई जिल्ला सुनसरीको धरानमा बस्दै आएका ३१ वर्षीय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासीमलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीमाथि पनि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले फेक अकाउन्ट खोली पीडित युवतीको अन्तरङ्ग तस्बिरहरु आफन्त र साथी भाइलाई पठाई चरित्र हत्या गरेको आरोप छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]