२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ १३, २०७९

वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले कार्यभार सम्हाल्दै एक सय दिनभित्र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वीरगन्जको पुरानो बसपार्कमा आयोजित पद तथा गोपनीयताको शपथग्रहणपछि सिंहले कार्यभार सम्हाल्दै यस्तो बताएका हुन् ।

मेयर सिंहले शपथग्रहण गरेको २४ घन्टाभित्र परिवर्तनको महसुुस गराउने पनि बताए । उनले कार्यभार सम्हाल्दै घन्टाघर र पावरहाउस क्षेत्रमा भत्किएको सडक तत्काल मर्मत सम्भार गर्ने निर्णय गरेका छन् ।

सिंहले सय दिनभित्र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए । नगरवासीले बोकाएको ठुलो जिम्मेवारी पूरा गर्नु नै ठूलो काम भएको उनले बताए ।

उनले सम्मान गर्नका लागि कार्यालयमा नआउन आग्रह पनि गरेका छन् । उनले महानगरपालिकामा कर्मचारीहरूलाई नेताहरूको अगाडि पछाडि नभई नगरवासीको काममा लाग्न निर्देशन दिए ।

महानगर क्षेत्रका ३० युनिटसम्म खपत गर्ने गरिब तथा विपन्न नागरिकहरूको मासिक न्यूनतम विद्युत् महसुल र इनर्जी चार्जसमेतको भुक्तानी दायित्व महानगरले व्यहोर्ने उनको निर्णय छ ।

यस्तै, महानगरका किसानले लिएका ४ सय ७० कृषि मिटरको सम्पूर्ण शुल्क पनि महानगरले तिर्ने भएको छ । किसानहरूको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरूलाई प्रोत्साहन गर्न उक्त निर्णय गरिएको सिंहले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]