
नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।
शुक्रबार दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश नं. १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।