२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ११, २०७९

ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतको शौचालयमा एक थुनुवा मृत फेला परेका छन् । जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर– १२ का ४६ वर्षीय कृष्णलाल कुँवर मृत फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज समेत रहेका प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले बुधबार बिहान करीब ५ बजेतिर कुँवर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

उनले भने, ‘हिरासत कक्षबाट ट्वाइलेट गएका कुँवर टवाइलेटको भ्यान्टिलेटरमा टिसर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको अवस्थामा भेटिएका हुन् ।’ मृतक कुँवरलाई प्रहरीले गत १९ वैशाखमा ७ वर्षे नाबालिकालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।

स्थानीय र आफन्तको रोहबरमा आवश्यक मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]