२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १०, २०७९

सिरहामा निर्वाचितको विजय जुलुसमा हिँडेका एक बालकको ट्रयाक्टरबाट खसेर मृत्यु भएको छ।

गोलबजार नगरपालिका ६ का नेकपा (एमाले) बाट निर्वाचित वडा अध्यक्ष सञ्जीव लामाको विजयी जुलुसमा सहभागी स्थानीय विनोद सदायका छोरा ७ वर्षीय रिझनको प्र.२–००१–०१ त ०२७५ नम्बरको ट्रयाक्टरबाट लडेर मृत्यु भएको हो।

रामकिसुन साहले तीव्र गतिमा ट्रयाक्टर चलाउँदा बालक खसेका प्रत्यक्षदर्शीहरुले बताएका छन्। ट्रयाक्टर धनीसमेत रहेका साहले मदिरा खाएर ट्रयाक्टर चलाएको स्थानीयको आरोप छ।

गम्भीर घाइते भएका बालकलाई उपचारको लाइफ लङ हेल्थ केयर प्रालिमा लगिएको थियो। त्यहाँ पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि ट्रयाक्टर चालक साह फरार भएका इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर राजु केसीले जानकारी दिए। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]