२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०९, २०७९

छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैध रूपमा भारततर्फ लैजाँदै गरेको वन्य पशुपन्क्षी लाटोकोसेरो चरा सहित दुईजना भारतीय नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी–१ ठेगाना भएका ४२ वर्षीय मृतुञ्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ ठेगाना भएका ३५ वर्षीय शेख अनवर रहेका छन्।

उक्त स्थानमा अवैधरूपमा वन्यपशुपन्क्षी लाटोकोसेरो चरा (उल्लू) १ वटा नेपालबाट भारततर्फ लाँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पन्क्षी लिई भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरूलाई वन्यजन्तु संरक्षण ऐन सम्बन्धी कसुर मुद्दामा आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]