२० मंसिर २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०९, २०७९
Sorry No Photo is selected hare

काठमाडौं – नेकपा एकीकृत समाजवादीका तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले पुन: मत गणना गर्न माग गरेका छन्।

उनले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिँदै उम्मेदवार नै नभएको ठाउँमा पनि चिह्न राख्नु कानुन विपरीत भएको दाबी गरेका छन्। सत्ता गठबन्धनले काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका श्रेष्ठलाई अघि सारेको थियो। गठबन्धनको भागबन्डा अनुसार कांग्रेसको रुख चिह्नमा उम्मेदवारी परेन। तर, मतपत्रमा भने रुखसहित गठबन्धनका अन्य दलका चिह्न पनि राखियो।

उक्त विषयलाई आधार बनाएर श्रेष्ठले रुख र कलममा मत हालेकाको मत रुखमा मात्रै बदर हुनुपर्ने भए पनि कलममा पनि बदर मानिनु नियम विपरीत भएको बताएका हुन्।

‘प्रतिस्पर्धी नै नभएको कलम र रुख चिह्नमा मत संकेत भए पनि म उम्मेदवार भएको कलम चिह्नको मत संकेतलाई समेत बदर गरि गणना गरेको र यसबाट मतपरिणाममा असरपरी उप-विजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने गणितीय अवस्था देखिएको छ,’ श्रेष्ठले भनेका छन्।

मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले भने निर्देशिका अनुसार मत गणना भएकाले उनको निवेदन अनुसार पुन: मतगणना नहुने बताए।

‘हामीले निर्देशिका अनुसार नै गरेको हो। दुई वटामा खसेको मतलाई बदर मान्ने भनेको छ। हाम्रो लेवलबाट यो हुने कुरा होइन भनेका छौँ,’ उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]