२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०९, २०७९

सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे विरुद्ध पीडितले जाहेरी दिएकी छन् ।

सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-०६४ अनुसारको कसुरमा जाहेरी दिएकी हुन् ।

जिल्ला अदालतमा पीडित युवतीको बयान प्रमाणित गराएपछि जाहेरी दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेस्ट होटेलमा आफूलाई बन्धक बनाएर पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेलाई जेठ ७ मा स्वयम्भूबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]