
नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारलाई पराजित गर्दै क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमालेका सुखदेव यादव विजयी भएका छन् ।
७ हजार ९१३ मत ल्याएर निवर्तमान मेयर पजियारलाई उनले पराजित गरेका छन् । पजियारले ७ हजार ३०० मत ल्याएका छन् । त्यसै गरी नेकपा एकीकृत समाजवादीका शिवशंकरप्रसाद सिंहले १ हजार ६ मत ल्याए ।