२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०८, २०७९

डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन आगामी असार १० गतेसम्म सङ्कलन गर्न पाउने निर्णय गरेको हो । स्थानीयवासी यार्सागुम्बा सङ्कलनबाट आम्दानीले लिन गर्दछन् ।

Iकोभिड–१९ सङ्क्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा सङ्कलन गर्न नपाएको जनाउँदै यसपटक विभिन्न तयारीका साथ करिब एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो । यार्सा सङ्कलनका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा, जिल्लाभित्रका बासिन्दा र जिल्ला बाहिरका बासिन्दालाई राष्ट्यि निकुञ्ज ऐन र नियामावलीअनुसार फरक–फरक प्रवेश शुल्क लाग्ने छ । यार्सागुम्बा सङ्कलनकर्ताहरूका लागि सुलिगार्ड, धो, साल्दाङ, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालीवन, पहाडा, तोइजम र मुगु जिल्लाको डोल्फु र किम्रीबाट पुर्जी वितरण हुने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलीगार्ड डोल्पाले जनाएको छ । यस्तै डिभिजन वनको क्षेत्रमा आवश्यकतानुसार स्थान निर्धारण गरी पुर्जी वितरण गरिने जनाएको छ ।

यार्सागुम्बा सङ्कलन अवधिमा यार्सा सङ्कलनबाहेक अन्य गैरकानुनी कार्य गरेमा राष्ट्रिय निकुञ्च तथा वनजङ्गल संरक्षण ऐन २०२९, हिमाली राष्ट्यि निकुञ्ज नियामावली २०३६, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार कारबाही हुने निकुञ्जले जनाएको छ ।यस्तै यार्सागुम्बा सङ्कलनको अवधिमा सर्वसाधारणका लागि विभिन्न नाकामा स्वास्थ्य सेवा कार्यालय, विभिन्न स्थानीय तहहरूसँग समन्वयमा निःशुल्क स्वास्थ्य शिविर राख्ने, पाटनमा हुने फोहरमैला व्यवस्थापनका लागि यार्सागुम्बा सङ्कलनकर्तालाई नाकामा अभिमुखीकरण गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]