२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०६, २०७९

पाल्पा — विवाद समाधान भएपछि पाल्पाको रम्भा गाउँपालिकामा स्थगित भएको मतगणना शुक्रबार अपरान्ह ४ बजेबाट पुन: सुरु भएको छ । बैशाख ३१ गते अपरान्हदेखि स्थगित मतगणना बिहान ७ बजेबाट सुरु गर्ने भनिएको थियो । सर्वदलीय बैठक बसेर गणना भएको रम्भा–५, ताँहुको मतपत्र, सिसिटिभि फुटेज, मतपत्रका अर्धकट्टी छानबिन लगायतका काम सकेपछि मतगणना प्रारम्भ गरिएको रम्भा गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार आवश्यक अनुसन्धन र अनुगमन गरेपछि सबै दल सहमतिमा पुगेर मतगणना सुरु गरिएको हो । खसेको मत १ हजार ९ सय २३ नै भेटिएको र काउन्ट गर्दा जोडाई नमिल्दा अहिलेसम्म विवादित बनेको उनले बताए ।

‘कसले डबल इन्ट्री गरेको हो भन्ने पत्ता लगाउन सकिएकौ छैन,’ उनले भने, ‘विवाद समाधान भएकाले अब सरासर मतगणना हुन्छ ।’

मत गन्न तानसेनबाट १० जना कर्मचारी निर्वाचन कार्यालय र प्रशासनबाट खटाइएको छ । कडा सुरक्षाका बीच मतगणना भइरहेको छ ।

५ नम्बर वडाको सकिएपछि १ नम्बर वडाको मत गनिनेछ । निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर मतगणना सुरु गर्न बुधबार नै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो.।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]