२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०६, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकमा ४ बुँदे माग पेश गरेका छन् । लगानीकर्ताका संगठन नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघको नेतृत्वमा गएको टोली राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष ४ बुँदे माग पेश गरेका हुन् ।

निरन्तर घटिरहेको शेयर बजारले मर्माहित र दुःखी बनाएको भन्दै नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघले तत्काल सम्बोधन गर्न आग्रह गर्दै मागपत्र पेश गरेका हुन् । लगानीकर्ताहरुले शेयर कर्जामा केन्द्रीय बैंकले तोकेको ४ करोड रुपैयाँ र १२ करोड रुपैयाँको सीमा फिर्ता लिन आग्रह गरेका छन् । आगामी साउन १ गतेदेखि शेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्न पनि लगानीकर्ताहरुले माग गरेका छन् ।

मर्जर र प्राप्तिले शेयर कारोबार रोकिँदा आमलगानीकर्ताको चल–अचल सम्पत्ति बन्धक भई नोक्सानी र राज्यले पाउने राजस्वमा समेत नकारात्मक असर परिरहेकोले उक्त कार्य हाल बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभाका लागि दाखिला खारेज गर्ने व्यवस्था गरेजस्तै गरी केही सीमित अवधिका लागिमात्रै कारोबार रोक्का रहने व्यवस्था गर्न पनि लगानीकर्ताहरुले माग गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]