
सप्तरी- सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य मृत फेला परेका छन्। मृत फेला पर्नेमा ६९ वर्षीय राजेन्द्र सुतिहार रहेका छन्।
सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले बताए। मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस सकेर घर फर्किएका थिए। खाना खाएर सुतेका उनको निधन भएको प्रहरीले जनाएको छ।
बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए।