
मोरङ – मोरङको सुनवर्षी नगरपालिकामा विजय जुलुसमा सहभागी हुन पुगेको ट्र्याक्टर दुर्घटनामा १३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार अपराह्न नगरपालिका–६ स्थित सिटौला टोलमा एमालेको विजय जुलुस मनाउन गएको को.२ च १४३७ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो।
प्रहरीका अनुसार विजय जुलुसमा सहभागी हुन जाने क्रममा ट्र्याक्टर दुर्घटनामा परेको हो।
यस क्रममा गम्भीर अवस्थाका ४० वर्षीय राजकुमार सहनी र २६ वर्षीय जलन्धर राजवंशीलाई सुनवर्षीबाट थप उपचारका लागि विराटनगरस्थित कोसी अस्पतालमा भर्ना गरिएको छ।
मोरङ प्रहरीका अनुसार दुवै जनाको उपचार विराटनगरस्थित गोल्डेन अस्पतालमा भइरहेको छ। अन्य घाइते भने सामान्य उपचारपछि घर फर्किएका छन्।