२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ ०५, २०७९

काठमाडौं – स्थानीय तहको निर्वाचनको परिणामप्रति जनता समाजवादी पार्टी जसपा असन्तुष्ट भएको छ । विराटनगर महानगरपालिकाको उपमेयरमा जसपाका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले उम्मेदवारी दिएकामा उनी विजयी हुने अवस्थामा छैनन् ।

 

मतगणना नहुँदासम्म अमरेन्द्र विजयी हुनेमा गठबन्धनसँगै जसपाका नेताहरु ढुक्क थिए । तर अमरेन्द्रको मतान्तर एमालेकी उम्मेदवार शिल्पा कार्कीसँग बढ्दो क्रममा छ । उपेन्द्रले अमरेन्द्रलाई राजनीतिमा अगाडि सार्न खोजेका छन् । तर पहिलो गाँसमै ढुंगा लाग्ने अवस्था आएको छ ।

‘विराटनगर महानगरको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार धेरै अगाडि छन् । तर त्यहाँ उपमेयरमा एमाले विजयी हुने अवस्था छ’ जसपाका कार्यकारिणी समितिका सदस्य मनिष सुमनले भने, ‘यो भनेको हामीलाई धोका हो ।’ विराटगरमा नेपाली कांग्रेसले धोका दिएको उनको विश्लेषण छ ।

 

जनकपुरको मेयरमा जसपाका उम्मेदवार लालकिशोर साह धेरै पछाडि छन् । त्यहाँ नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साह निकै अगाडि छन् । जनकपुरमा लालकिशोरले ल्याएको भोट धेरै नै कम छ । त्यसो त लालकिशोर जनकपुर उपमहानगरको निवर्तमान मेयर पनि हुन । उनले तत्कालीन राष्ट्रिय जनता पार्टीबाट मेयरमा चुनाव जितेका थिए । यसपटक उनले पार्टी फेरेका छन् ।

विराटनगरमा झैं जनकपुरमा पनि जसपाले चुनाव जित्नेमा पार्टीका नेताहरु ढुक्क थिए । त्यहाँ पनि जसपाको चाहनामा ढुंगा लाग्ने अवस्था छ ।

 

अहिलेसम्म जसपाले देशभर १५ सिटमा विजयी भएको छ । १९ पालिका प्रमुखमा जसपाका उम्मेदवार अगाडि छन् । यसबाट जसपा ३४–३५ सिटमा विजयी हुने लगभग पक्का भएको छ । जसपाको अनुमान भने कम्तीमा ४५ सिट जित्ने थियो ।

२०७४ सालको चुनावमा भाग लिएको राजपाका केही वरिष्ठ नेता अहिले जसपातिर छन् । महेन्द्र यादव, राजकिशोर यादव, मृगेन्द्रसिंह यादव, मनिष सुमन, रमेश यादव लगायतका नेताहरु कित्ता परिवर्तन गरी जसपातिर गएका छन् ।

यसबाट जसपालाई फाइदा पुग्ने विश्लेषण जसपाका नेताहरुले गरेका थिए । विश्लेषणअनुसार फाइदा नभएको जसपाका नेताहरुको बुझाइ छ । त्यसमा पनि गठबन्धनमा रहेका दलहरुले आफूलाई चरम धोका भएको जसपाका नेताहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]