२५ माघ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ०४, २०७९

काठमाडौं– ‘आत्महत्या गर्छु’ भन्दै घरबाट हिँडेका युवकको प्रहरीले सकुशल उद्धार गरेको छ।

इलाम घर भइ ललितपुरको गोदावरी नगरपालिका–४ बडीखेल बस्ने ३० वर्षीय राजेश लिम्बुलाई ललितपुर प्रहरीले सकुशल उद्धार गरेको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार लिम्बु बुधबार बिहान ‘आत्महत्या गर्छु’ भन्दै हिँडेका थिए। लिम्बुले आत्महत्या गर्न लागेको भन्दै आफन्तले फोनमार्फत् जानकारी दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो।

प्रहरी टोलीसँगै स्थानीय र आफन्तहरुले खोजी गर्ने क्रममा उनलाई ललितपुरको बडीखेलस्थित जंगलबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।

विषादी सेवन गरी जंगलमा लडिरहेको अवस्थामा फेला परेका उनको उद्धार गरी उपचारका लागि सुमेरु अस्पतालमा भर्ना गरिएको छ। उनको अहिले सुमेरु अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]